सानदार जितसँगै स्पेन युरो कपको अन्तिम १६ मा
nepalsamaya.com · Wed Jun 23 18:42:00 GMT 2021
काठमाडौं – दुई आत्मघाती गोलको सहयोगमा ५–० गोलको जित निकालेको स्पेन समूह ईको दोस्रो स्थानमा रहँदै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। स्पेनको सेभियामा नेपाली समयअनुसार बुधबार राति सम्पन्न खेलमा औसत सुरुआत गरेको स्पेनले स्लोभाकियाविरुद्ध सानदार जित निकालेको हो।
स्पेनले ३० औं मिनटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो। त्यस्तै पहिलो हाफको चोटिल समयमा एमेरिक लापोर्टेले गोल गरेपछि स्पेनले २–० गोलको अग्रता बनायो। दोस्रो हाफमा दुई गोल थपेको घरेलु टिमले एक गोल कोसली पायो। खेलको ५६ औं मिनेटमा पाबलो सरावियाले र ६७ औं मिनेटमा फरान टोरेसले गोल गरे। यता ७१ औं मिनेटमा स्लोभाकियाका खेलाडीले आत्मघाती गोल गरेपछि स्पनेको गोलको शृंखला बन्द भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)