मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पञ्चामृत खाएकालाई रेबिजको त्रास

gorkhapatraonline.com · Mon Dec 12 00:31:43 GMT 2022

केदार तिमल्सिना

काभ्रेपलाञ्चोक, मङ्सिर २६ गते । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–१, गोकुलेका स्थानीयवासी रेबिजको त्रासमा छन्। आफूहरूले पूजामा पञ्चामृत खाएको दूध दिने गाई रेबिजको कारण मरेको पुष्टि भएपछि गाउँले सबै त्रासमा परेका हुन्। गत कात्तिक २६ गते स्थानीय पञ्चलाल जिम्बाको घरमा सत्यनारायण पूजा लगाइएको थियो। पञ्चामृत बनाउन दूध प्रयोग गरिएको गाई मङ्सिर १३ गते मरेको थियो। त्यसपछि गाउँमा त्रास फैलिएको छ। अहिले उनीहरू स्वास्थ्यकर्मीको परामर्शमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)