मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म फ्लप भएपछि मृत्युशोक जस्ता सन्देश आउँछन् :अक्षय कुमार

barnanmedia.com · Sat Aug 03 21:40:32 UTC 2024

फिल्म 'खेल खेल मे'को ट्रेलर लन्च कार्यक्रममा बलिउड सुपरस्टार अक्षय कुमारले आफ्नो करियरको उतारचढावबारे मार्मिक भावना पोखे। उनले भने, 'म केवल यति भन्न चाहन्छु कि जे हुन्छ राम्रोकै लागि हुन्छ। म धेरै सोच्दिनँ।'

अक्षय कुमारले आफ्ना पाँच फिल्महरू असफल भएपछि प्राप्त गरेका सहानुभूतिपूर्ण सन्देशहरूप्रति आश्चर्य व्यक्त गरे। उनले भने, 'मलाई धेरै सन्देशहरू आउँछन् जस्तै - माफ गर्नुहोस् यार, तर चिन्ता नगर्नुहोस्। सबै ठिक हुनेछ। म उनीहरूलाई सोध्न चाहन्छु कि यो के हो। म मरेको छैन। मृत्युशोक जस्ता सन्देशहरू आउँछन्।'

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)