तथ्यमा आधारित भएर सुरक्षा प्रबन्ध गरौँ : गृहमन्त्री
barnanmedia.com · Tue Oct 28 23:17:57 GMT 2025

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गठन भएसँगै सुरक्षाको अवस्था सामान्य हुँदै गएको बताएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा भएको सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै उनले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् बिग्रेको शान्ति सुरक्षा र सेवा प्रवाहलाई सामान्यीकरण गर्ने, आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने र सुशासन प्रवर्द्धन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)