मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिगकपमा युनाइटेडको चुनौती समाप्त, न्युकासलसँग ३-० ले पराजित

ekantipur.com · Thu Nov 02 01:01:49 GMT 2023

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले लिगकप उपाधिको रक्षा गर्ने सम्भावना बुधबार निराशाजनक रूपमा समाप्त भएको छ र उसलाई न्युकासल युनाइटेडले उसकै घर ओल्ड ट्रायफोर्डमा ३–० ले पराजित गरेको छ । न्युकासलका लागि म्यागुएल अल्मिरोन, लेविस हल र जोए विलकले गोल गरे ।

आर्सनल पनि प्रतियोगिताबाट बाहिरिएको छ र उसलाई भने वेस्ट ह्यामले ३–१ ले हरायो । लिभरपुलले भने बर्नमाउथलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गर्‍यो। यस्तै चेल्सीले च्याम्पियनसिप प्रतिद्वन्द्वी ब्ल्याकबर्नलाई २–० ले पन्छायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)