मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

nagariknews.nagariknetwork.com · Thu Jun 11 03:10:09 GMT 2026

भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ। क्रमागत रूपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो।

हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईले बताए। बाँकी रहेका घरमा पनि क्रमशः पानी वितरण गरिने उनले बताए। “लोमा खोला आयोजनामार्फत १२ सय परिवारमा धारा जडान सम्पन्न गरेका छौँ”, अध्यक्ष राईले भने, “बाँकी रहेका घरमा पनि क्रमशः वितरण गर्ने लक्ष्य छ।”

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)