मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टिकटक र इन्स्टाग्राम रिल्समार्फत मालवेयर फैलाउँदै ह्याकर, कसरी बच्ने ?

techpana.com · Thu Jun 11 03:27:50 GMT 2026

काठमाडौँ । साइबर अपराधीहरूले टिकटक र इन्स्टाग्राम रिल्स जस्ता छोटा भिडिओ प्लेटफर्महरूलाई मालवेयर (भाइरस) फैलाउने नयाँ हतियार बनाएको पाइएको छन् । साइबर सुरक्षा अनुसन्धानकर्ताहरू का अनुसार ह्याकरहरूले प्रयोगकर्ताहरूलाई स्पोटिफाई प्रिमियम, माइक्रोसफ्ट अफिस र विन्डोज जस्ता सफ्टवेयर तथा सब्सक्रिप्सन सित्तैमा उपलब्ध गराउने प्रलोभन देखाएर भिडारस्टिलर (Vidarstealer) नामक खतरनाक मालवेयर उपकरणहरूमा पठाउने गरेका छन् ।

अनुसन्धानकर्ता जारिया वुक्सानको नेतृत्वमा गरिएको अध्ययनले ह्याकरहरूले प्रयोग गर्ने मुख्य दुईवटा तरिकाहरू पत्ता लगाएको छ । पहिलो तरिकामा, ह्याकरहरूले windows.tips वा windows.insights जस्ता नाम र विन्डोजको आधिकारिक जस्तो देखिने लोगो भएका अकाउन्टहरू प्रयोग गर्छन् । एआईबाट बनाइएको आवाजसहितका प्रोफेसनल देखिने यस्ता ट्युटोरियल भिडिओहरूले प्रयोगकर्ताहरूलाई पावरशेल खोलेर एउटा कमान्ड टाइप गर्न लगाउँछन् । जब प्रयोगकर्ताले यो कमान्ड रन गर्छन्, उनीहरूको डिभाइसमा गुपचुप रूपमा मालवेयर डाउनलोड र इन्स्टल हुन्छ । यस्ता भिडिओहरूले लाखौँ भ्युज र हजारौँ लाइक पाउने भएकाले मानिसहरू यसलाई सही सम्झेर सजिलै फस्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)