नेप्सेमा २६ अंकको वृद्धि
ekantipur.com · Tue Nov 10 17:03:16 UTC 2020
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ हजार ६ सय ८० नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा करिब २६ अंकले बढेपछि मंगलबार नेप्से १ हजार ६ सय ७८.७९ विन्दुमा उक्लिएको हो । यो तीन वर्षयताकै उच्च हो ।
यसअघि २०७४ साउन २३ मा नेप्से १ हजार ६ सय ६७ विन्दुमा थियो । त्यसपछि घट्न थालेको नेप्से ०७५ फागुन ५ मा १ हजार १ सय ०९ को न्यून विन्दुमा ओर्लियो । सो विन्दुबाट टेवा पाएर बढ्न लागेको नेप्से गत फागुन १८ मा पछिल्लो एक वर्षकै उच्च विन्दु १ हजार ६ सय २०.२७ विन्दुमा पुगेको थियो । पछिल्ला केही सातायता भने नेप्से पछिल्लो उच्च विन्दुलाई पार गर्दै उकालो लागिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)