मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तेब्बरले बढे गुनासा, ५९ प्रतिशत सम्बोधन

gorkhapatraonline.com · Fri Sep 22 05:46:32 GMT 2023

काठमाडौँ, असोज ५ गते । हेलो सरकारलाई चौबिसै घण्टा सञ्चालनमा ल्याएपछि त्यसमा पर्ने उजुरी तेब्बर वृद्धि भएका छन्। सरकारी निकायबाट प्रवाह हुने सेवाबारे गुनासो र सुझाव दिने उद्देश्यले सरकारले सञ्चालन गरेको हेलो सरकारमा पछिल्लो समय जनगुनासो र सुझाव वृद्धि भएको जनाइएको छ।

आमनागरिकका गुनासा र सुझाव सिधै केन्द्र सरकारले सुन्ने र समाधान गर्ने उद्देश्यले विसं २०६४ सालदेखि हेलो सरकार सुरु भएको थियो। यसलाई थप प्रभावकारी र परिणाममुखी बनाउन गत भदौ १७ देखि चौबिसै घण्टा हेलो सरकार सञ्चालनमा छ। हेलो सरकारमा देश र विदेशका जुनसुकै स्थानबाट उजुरी, गुनासो र सुझाव लिन सकिने गरी निःशुल्क टेलिफोन सेवा र सामाजिक सञ्जालको व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)