कोरिया रोजगारीको अवसर सदुपयोग गर
karobardaily.com · Sun Nov 20 02:09:46 GMT 2022
कोरिया वैदेशिक रोजगारीमा जाने नेपाली युवाको आकर्षक श्रम गन्तव्यहरूमध्येको एउटा मुलुक हो दक्षिण कोरिया । कोरिया जान दुवै मुलुकका सरकारले तय गरेका छनोट प्रक्रिया पार गर्नुपर्छ । अन्य मुलुकमा जान जस्तो वैदेशिक रोजगार व्यवसायीको चंगुलमा फस्नुपर्ने बाध्यता नभएकाले पनि यो गन्तव्य आकर्षक बनेको छ । कोभिड महामारीका करिब तीन वर्ष अन्य मुलुकजस्तै कोरियाली अर्थतन्त्र पनि सुस्ताएको थियो ।
आर्थिक गतिविधि कम भएपछि कामदार पनि धेरै आवश्यक परेका थिएनन् । तर, पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै कोरियामा विदेशी कामदारको खाँचो बढेको छ । तत्काल कामदार आपूर्ति गर्न कोरियाली सरकारले विगतका केही नीतिनियमलाई परिवर्तन गरेको छ । विगतमा विदेशी कामदारको कोटा देशअनुसार तोक्दै आएकामा अब जसले चाँडो कामदार पठाउन सक्छ उही मुलुकलाई बढी कोटा दिने नीति कोरियाको छ । कोरियाको यही नीतिको फाइदा उठाउँदै नेपालबाट एक वर्षमै १२ हजार नेपाली त्यसतर्फ गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)