१२ छाला उद्योग आर्थिक सङ्कटमा
kathmandupress.com · Sun Sep 18 08:37:00 GMT 2022
काठमाडौं, असोज २ : नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग यतिबेला आर्थिक सङ्कटमा परेका छन् । नेपाल छाला उद्योग सङ्घका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन गर्ने उद्योग आर्थिक सङ्कलनमा परेका हुन् ।
विशेषगरी नेपालमा उत्पादित तयारी छालाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली बजारमा उत्पादित छाला उद्योगको व्यापार फस्टाउन नसकेको सङ्घका केन्द्रीय महासचिव मोहम्मद जुनेद इफ्तखारले बताए। नेपाल छाला उद्योग सङ्घका अनुसार नेपालमा हाल नेपाली लगानीका तयारी छाला उत्पादन गर्ने १२ उद्योग मात्रै सञ्चालनमा छन् । नेपाली बजारमा खसीबोका र राँगाभैँसीको छाला मात्र कच्चापदार्थका रुपमा उपलब्ध हुने गर्दछ । गाईगोरुको छाला तेस्रो मुलुकबाट नेपाली बजारमा आयात हुँदै आएको छ । नेपाली छाला उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको इफ्तखार बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)