सनराइज बैंकको ‘सनराइज दोब्बर मुद्दती’ योजना
abhiyandaily.com
काठमाडौं (अस) । सनराइज बैंकले ‘सनराइज दोब्बर मुद्दती’ योजना ल्याएको छ । ग्राहकले न्यूनतम १ लाख रुपैयाँमा मुद्दती खाता खोल्न सक्ने बैंकले बताएको छ । योजना अन्तर्गत सो रकम ७७ महीनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बैंकको भनाइ छ । मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्म ऋण लिन सक्ने पनि बैंकले जानकारी दिएको छ । सो योजनाअन्तर्गत ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिने र उपलब्धताको आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा गरिने भएको छ ।
नारीहरूलाई बचतमा प्रोत्साहन गर्ने र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यले नारी बचत खातामा ५ लाख रुपैयाँसम्मको घातक रोग खर्च र १० हजार रुपैयाँसम्मको प्रसूति खर्च समेत प्रदान गर्दै आएको बैंकले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)