लेस्टर दोस्रो स्थानमा उक्लियो
onlinekhabar.com · Sun Feb 21 17:38:30 UTC 2021
काठमाडौं । एस्टन भिल्लालाई पराजित गर्दै लेस्टर सिटी प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो ।
लेस्टरका लागि जेम्स म्याडिसन र हार्भे बार्न्सले एक एक गोल गरे । एस्टन भिल्लाका लागि बर्ट्रान्ट ट्राओरले एक गोल गरे । खेलको १९औं मिनेटमा म्याडिसनले बार्न्सको पासमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा बार्न्सले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)