मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रालयको निर्देशन– स्वास्थ्य संस्था अविछिन्न रुपमा सञ्चालन गर्नू

lokaantar.com · Wed Sep 27 23:53:18 GMT 2023

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्योपचार सेवा सञ्चालन गर्न अनुरोध गरेको छ । सुरक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले एप्रोनसहित सडकमा उत्रिएपछि मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्योपचार सेवा सञ्चालन गर्न अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बुधवार सबै स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ )पहिलो संशोधन २०७९) प्रभावकारी कार्यान्वयन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको जनाउँदै नागरिकको आधारभूत स्वास्थ्योपचार सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार भएकाले स्वास्थ्य संस्था अविछिन्न सञ्चालन गर्न अनुरोध गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)