ओलीको भाषण: एमाले बरपिपलजस्तो, अरु पार्टी तितेपाती!
nepallive.com · Fri Sep 23 17:13:00 GMT 2022
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलहरु ‘बुढो’ भएको टिप्पणी गरेका छन्। ओलीले एमाले विभाजन गरेर गठन भएको माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीलाई तितेपातीको झारसँग तुलना गर्दै उक्त पार्टी मंसिर ४ गते (आगामी प्रदेश तथा संघ)को निर्वाचनसम्म नटिक्ने दाबी गरे।
पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गते सम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखिदिनुपर्ने दाबी पनि गरे। गठबन्धनका दलहरु बुढो भएको र उनीहरुको आयु लेखिदिने काम अब एमालेले गर्नुपर्ने ओलीको टिप्पणी थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)