मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ कक्षा पास गर्ने आमाहरू

ekantipur.com · Sat Aug 03 23:36:56 UTC 2024

काभ्रे, अर्घाखाँची र सल्यान — चुलोचौकोसँगै बालबच्चा स्याहार्दा पढाइ बीचैमा छाडेका केही आमाहरूले फेरि पढाइ थालेर १२ कक्षा पास गरेका छन् । यस्तै उदाहरण हुन् बाराको कलैया घर भएकी ३२ वर्षीया अमृताकुमारी ठाकुर । उनले एसएलसी दिएको डेढ दशकपछि बनेपास्थित आदर्श विद्या मन्दिर (एबीएम) स्कुलमा भर्ना भएर २.४५ जीपीए ल्याउँदै कक्षा १२ उत्तीर्ण गरेकी छन् ।

भक्तपुरमै जन्मे, हुर्के पनि २०६४ मा एसएलसीपछि पारिवारिक बसाइँले अमृता पुर्ख्यौली घर बारा पुगेकी थिइन् । ट्युसन र स्कुल पढाएर आउने आम्दानीले घर खर्च टार्दै कक्षा १२ सम्म पुगिन् । परीक्षाको समयमै विवाह हुँदा जाँचमा दिन पाइनन् । विवाहपश्चात् रोकिएको परीक्षा दिने प्रयास गरे पनि परिवारले अनुमति दिएन । ‘किताब खोजेर पढ्न थालेकी थिएँ । मैले पढेको श्रीमान्बाहेक परिवारमा कसैलाई मन पर्दैनथ्यो,’ उनले सुनाइन्, ‘यही कारणले परिवारमा बेमेल भयो, हामीलाई घरबाट निकालियो, एक रात गोठमै बस्यौं अनि रोजगारी गर्न बनेपा आयौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)