मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुल्चोकबाट भैंसेपाटी सर्न थाले मन्त्री, संसद् भवन सकिने टुंगो छैन

ekantipur.com · Sat Aug 03 23:43:13 UTC 2024

काठमाडौँ — ललितपुरको पुल्चोकबाट मन्त्रीहरू भैंसेपाटीको नयाँ आवासमा सर्न सुरु गरेका छन् । पहिलो चरणमा चार जना मन्त्री र राष्ट्रिय सभाका उपाध्यक्ष भैंसेपाटी सरिसकेका छन् । मन्त्री आवासभन्दा अघि ठेक्का सम्झौता भएको संसद् भवन निर्माण सम्पन्न हुने टुंगो छैन ।

अहिलेसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, खानेपानीमन्त्री प्रदीप यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी नयाँ भवनमा सरिसकेका छन् । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे पनि नयाँ आवासमा सरिसकेकी छन् । एक साताभित्र थप आठ मन्त्री नयाँ आवासमा सरिसक्ने विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक मचाकाजी महर्जनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)