भारतमाथि नेपालको ऐतिहासिक जित
ekantipur.com · Sat Aug 03 23:51:38 UTC 2024
काठमाडौँ — नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा भारतमाथि ऐतिहासिक जित पाएको छ । नेपालले शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतमाथि ३–२ सेटमा सनसनीपूर्ण नतिजा निकाल्यो ।
नेपालले महिला भलिबलमा भारतलाई पराजित गरेको यो पहिलो पटक हो । सन् २०१९ मा त्यही कभर्डहलमै भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्ततः ५ सेटको प्रतिस्पर्धामा पराजित भएको थियो । अहिले नेपालले त्यसको बदला लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)