प्रधानमन्त्री ओलीले स्टुडियो पुगेरै गरे ‘नमेटिने घाउ’को डबिङ
lokaantar.com

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन (डबिङ) गरेका छन् । काठमाडौंको अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उनले आफ्नो दृश्यको डबिङ गरेका हुन् ।
एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा प्रधानमन्त्री ओलीले पनि अभिनय गरेका छन् । ‘एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरूको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरूले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्...’, यस्तै संवादमा उनले डबिङ गरेको चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)