मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भागबन्डा मिलाउन संघमा सकस, प्रदेशमा संघर्ष

ekantipur.com · Thu Mar 23 00:56:44 GMT 2023

काठमाडौँ — राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनभित्र प्रदेशको सत्तालाई लिएर संघर्ष सुरु भएको छ । एमाले मुख्यमन्त्री भएका प्रदेशको नेतृत्व लिन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच होड चलिरहेको छ । गठबन्धनकै मुख्यमन्त्री भएका प्रदेशमा पनि सहयात्री अन्य दलले दाबी गरेका छन् ।

वाग्मती प्रदेशमा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार विश्वासको मत लिन खोजे पनि कांग्रेसले आफ्नो ‘पोजिसन’ स्पष्ट नगर्दा शुक्रबारसम्म प्रदेशसभा बैठक स्थगन गरिएको छ । कांग्रेसका वाग्मती प्रदेशसभा संसदीय दल नेता बहादुरसिंह लामाले सरकारको नेतृत्व दाबी गरेका छन् । कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले स्वाभाविक रूपमा सरकारको नेतृत्व दाबी गरिएको बताए । ‘हामीले प्रदेश सरकारको नेतृत्वमा दाबी गरेका छौं, तर केन्द्रबाट कुनै निर्देशन आएको छैन,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)