एमाले नेता नेपालको पशुपतिमा अन्त्येष्टि
gorkhapatraonline.com · Tue May 06 17:42:13 GMT 2025

काठमाडौँ, वैशाख २३ गते । नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो ।
त्यसअघि उहाँप्रति नेकपा (एमाले) का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले) का महासचिव सिपी मैनाली, पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)