एभरेस्ट र मुक्तिनाथ विकास बैंकको लगानीमा इटहरीमा बन्ने भयो ‘कन्भेन्सन सेन्टर’
corporatenepal.com · Thu Jun 11 03:42:09 GMT 2026

काठमाडौं । इटहरीमा भव्य सम्मेलन केन्द्र बन्ने भएको छ । एकैपटक ४ हजार मानिस अटाउने क्षमताको एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) बन्ने भएको हो । एभरेस्ट बैंक र मुक्तिनाथ विकास बैंकको लगानीमा सो सेन्टर बन्न लागेको हो । अन्तर्राष्ट्रिय स्तरको यस सम्मेलन केन्द्र निर्माणसँगै पूर्वी नेपाल मात्रै नभई सिङ्गो नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ ।
पायेनियर होटल व्यवसायीका रुपमा उदाएका देशबन्धु बस्नेत (अजित)ले ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिएको एबी हस्पिटालिटी निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम सम्पन्न भएको छ । यस प्रोजेक्टको वित्तीय व्यवस्थापनमा एभरेष्ट बैंक लिमिटेडले नेतृत्व लिएको छ । यसमा मुक्तिनाथ विकास बैंकको सहकार्य रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ