मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० वर्ष पहिले खुला दिसामुक्त घोषणा, ४२ सय घरधुरीमा अझै छैन शौचालय

annapurnapost.com · Mon May 18 08:09:56 GMT 2026

सिरहा : लहान नगरपालिका २०७४ सालमै खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो। त्यतिबेला पालिकाहरू विस्तार भइरहेको थियो। यस नगरपालिकामा गाभिएका गाविसहरू पनि घोषणा भयो। तर, घोषणा भएको १० वर्ष पुग्न लाग्दा पनि अझै ४२०१ घरधुरीमा शौचालय नरहेको देखिएको छ।

६ महिना पहिले नगरपालिकाले स्वच्छता अभियानअन्तर्गत सर्वे गरेको थियो। त्यसमा नगरको २० हजार ५७७ घरधुरीमध्ये ४ हजार २०१ मा शौचालय नरहेको पाइएको छ। सबैभन्दा बढी दलित, मुसहर परिवारसँग आफ्नै शौचालय नभएको पाइएको छ। केही सम्पन्न घरपरिवारमा शौचालय छैन। यिनै परिवारलाई समेटेर लहान नगरपालिकालाई खुला दिसामुक्त र पूर्ण सरसफाइयुक्त बनाउन विशेष रणनीतिसहित अभियान सुरु गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)