नेपालमा भारतीय टीभी च्यानल प्रसारण बन्द
ekantipur.com · Sun Aug 04 00:02:18 UTC 2024

काठमाडौँ — सरकारले नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द गरेको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
‘मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘०७९ चैत १५ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)