बाढी–पहिरोलगायत प्राकृतिक विपदबाट जेठ २८ यता १५० जनाले ज्यान गुमाए
lokaantar.com

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोलगायतका प्राकृतिक विपदमा परी शनिवार दिउँसोसम्म एक सय ५० जनाले ज्यान गुमाएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपदमा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेश ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)