मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘द च्यालेन्जर्स’ को प्रिमियर

ekantipur.com · Sun Aug 04 00:14:30 UTC 2024

काठमाडौँ — नेपालसहित ६ मुलुकका ११ भ्लगरले लुक्लादेखि सगरमाथा आधारशिविरसम्म १२ दिन बिताउँदै सम्पन्न गरेको पदयात्रा तथा साहसिक गतिविधि समेटिएको ‘द च्यालेन्जर्सः गेम अफ हिमालयज’ रियालिटी शोको शनिबार काठमाडौंमा प्रिमियर गरिएको छ ।

पहिलो ‘एपिसोड’ हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन पी मिक्सलगायत उपस्थित थिए । प्रधानमन्त्री ओलीले नेपाल चिनाउन नेपाली युवा निर्माताबाट राम्रो प्रयासको थालनी भएको बताउँदै बाँकी सात ‘एपिसोड’ अझ रोचक हुने आशा व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)