कोलकत्तामाथि हैदराबादको सानदार जित
pahilopost.com · Fri Apr 15 17:53:39 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित निकालेको छ। मुम्बईस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा हैदराबादले कोलकत्तामाथि ७ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। कोलकत्ताका लागि नितिश रानाले सर्वाधिक ५४ रन बनाउँदा आन्द्रे रसेलले अविजित ४९ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐय्यरले २८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)