सीजी उन्नती कल्चरल भिलेजमा ‘उन्नती मेला’ सम्पन्न
ratopati.com
नवलपुरको गैंडाकोट नगरपालिकास्थित सीजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको छ । कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगित, मगर र थारु नाच र स्थानीय कलाकारहरुको प्रस्तुतीहरुले उत्सवमय रौनक थपेका थिए । स्थानीय महिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरू प्रदर्शनमा राखिएको मेलामा कलाकारहरु, संस्कृति एवं कला प्रेमीलगायत उत्साही सर्वसाधारणहरुको जमघट थियो ।
उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संचालित छ । यो कला, संस्कृति, साहित्य र संगितको प्रवर्द्धनमा क्रियाशिल छ । उन्नतीले आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आगामी दिनमा सातवटै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)