मुख्यमन्त्री पाण्डेको सय दिन : विवादबाट जोगिने र प्रदेशको प्रभाव देखाउने प्रयास
onlinekhabar.com · Sat Aug 05 16:36:01 GMT 2023
२० साउन, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार सञ्चालनको १०० दिन पूरा गरेका छन् । यो सय दिनमा मुख्यमन्त्री पाण्डेले हस्तक्षेपकारी भूमिका देखाउन र ठ्याक्कै प्रमुख प्राथमिकता पहिल्याउन नसके पनि अहिलेसम्म विवादित निर्णय गर्नबाट जोगिएका छन् । बरु पाण्डेले शासकीय सुधारको केही प्रयत्न र प्रभाव देखाउने कसरत भने गरेका छन् ।
१२ मन्त्रालयबाट झारेर एमालेका मुख्यमन्त्री खगराजले ७ मा झारेका थिए । सत्तारुढ गठबन्धनभित्र मन्त्रीका लागि आकांक्षीको लर्को लागे पनि पाण्डेले मन्त्रालयको संख्या ७ मै कायममात्रै गरेनन्, मन्त्रिपरिषदलाई समावेसी पनि बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)