मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसमा एकताका लागि देउवा समूहले अघि सार्‍यो तीनबुँदे प्रस्ताव

shilapatra.com · Thu Jun 11 03:53:00 GMT 2026

नेपाली कांग्रेसको संस्थापनइतर समूहले कांग्रेसको बृहत्तर एकताका लागि तीनबुँदे प्रस्ताव गरेको छ । इतरसमूहका तर्फबाट पत्रकार सम्मेलन गर्दै नेता प्रकाशशरण महतले तीनबुँदे प्रस्ताव अघि सारेका हुन् ।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेग महाधिवेशनबाट आएको समितिबीच समझदारी गरेर १५औँ महाधिवेशनका लागि नयाँ संयन्त्र बनाउने, क्रियाशील सदस्यताको विवाद मिलाउने र विधान संशोधनमा साझा सहमति गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

उनले एकाध भेटबाट पार्टीमा एकता नहुने बताउँदै निरन्तर छलफल हुनुपर्ने बताए । उनले अहिले आफूहरूले कुनै किसिमको पद र भागबन्डा नमागेको बताए ।

१५औँ महाधिवेशन निष्पक्ष हुने सुनिश्चितताको ग्यारेन्टीमात्रै आफूहरूले चाहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३

०९:३८

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)