मुक्तिनाथद्वारा ‘आईयू क्यूब स्याट्स’स्याटेलाइट निर्माणका लागि सहयोग
abhiyandaily.com
काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले काभ्रेस्थित काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई ‘आईयू क्यूब स्याट्स’ स्याटेलाइट निर्माणका लागि सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विश्वविद्यालयका विद्यार्थीलाई ७५ हजार रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौं विश्वविद्यालय र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा विश्वविद्यालयका १२ जना विद्यार्थी मिलेर ‘आईयू क्यूब स्याट्स’ स्याटेलाइट निर्माण गरिरहेका छन् । सो स्याटेलाइटको निर्माण सन् २०२३ मा सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)