ओली भोलि पर्सा आउँदै, नाकाबन्दीपछि मधेसमा ओलीको पहिलो कार्यक्रमको यस्तो छ तयारी
pahilopost.com · Wed Dec 22 16:47:27 GMT 2021
वीरगंज : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार पर्सा आउँदै छन्। एमाले पर्सा जिल्ला कमिटीद्वारा आयोजित सन्देश सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली पर्साको जगरनाथपुर गाउँपालिका आउन लागेका हुन्।
आमसभाको लागि जगरनाथपुर-४ को खेलमैदानमा मञ्च तथा स्वागत द्वारलगायत सजाइएको छ। ओली बिहीवार बिहान ११ बजे हेलिकप्टरबाट जगरनाथपुरमै अवतरण गरेर जगरनाथपुर नगरपालिकाको नवनिर्मिति भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)