एसिया छनोट जित्दै पलेशा ओलम्पिकमा
ekantipur.com · Mon Mar 18 01:00:10 GMT 2024
काठमाडौँ — पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले चीनको ताइयाङमा आयोजित एसियाली पारा ओलम्पिक छनोट प्रतियोगिताको फाइनलमा इरानकी प्रतिद्वन्द्वी लीला मिर्जाइलाई हराउँदै आइतबार स्वर्ण पदक मात्र जितिनन्, सन् २०२४ मा हुने पेरिस पारालम्पिकमा छनोट भएकी छन् ।
यो उपलब्धिसँगै पलेशा ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी बनेकी छन् । यसअघि एसियाली छनोट चरण पार गर्दै संगीना वैद्य सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्ट २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । ‘सधैं सकारात्मक हुनुपर्छ, जित्नका लागि खेल्ने हो, स्वर्ण नै जित्ने हो,’ पछिल्लो उपलब्धिबाट उत्साहित पलेशाको प्रतिक्रिया थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)