आर्मी र हेल्प नेपालबीच उपाधि भिडन्त
nayapatrikadaily.com · Sat Oct 02 01:06:00 GMT 2021
छैटौँ संस्करणको एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि साविक विजेता हेल्प नेपाल र र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले अर्को विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई सहज ३–० को सेटमा स्तब्ध पार्दै फाइनलको स्थान पक्का गरेको हो । अन्तिम दुई स्थान बनाउने क्रममा आर्मीले विभागीय डर्बीको सेमिफाइनलमा एपिएफमाथि २५–१७,२५–१७ र २५–१९ को जित निकालेको हो ।
अर्को खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल खेल पक्का गर्यो । आर्मीले एपिएफलाई तीनवटै सेटमा फर्कने अवसर नै दिएन । पहिलो र दास्रो सेट आर्मीले समान २७–१७ को अन्तरमा जितेको थियो । एपिएफले फाइनल आशा जीवित राख्न कम्तीमा तेस्रो सेट जित्नुपर्ने थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)