रेशम चौधरीका नाममा जे सम्झौता हुँदैछ
janaaastha.com · Wed Mar 10 16:47:52 UTC 2021
“एउटा गम्भीर नरसँहारमा संलग्न” ब्यक्तिलाई दोषी राजनीतिज्ञ करार गरेर जेल हाल्ने सरकार र निर्दोषमाथि पूर्वाग्रह राखिएको दावीसहित छुटाउनै पर्ने माग राख्दै आएको दलवीच सत्ता टिकाउने सवालमा मोलमोलाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आजन्म कारागारको सजाय भुक्तान गर्दै डिल्लीबजार कारागारमा रहेका कैलालीका माननीय रेशम चौधरीलाई रिहा गर्ने बचनसहित जसपा नेताहरुसङ्ग वार्ता थालिएको छ जुन संसदमा आवश्यकताअनुसार विश्वासको मतको पक्षमा वा अविश्वासको प्रस्तावको विपक्षमा प्रयोगको लागि खपत हुने हो ।
आइतवारदेखि जसपा एकीकृत हुँदाको बखत मधेशवादी दल राजपामा अध्यक्ष रहेका महन्थ ठाकुरसहितको टोलीसँग भएको वार्ता र छलफलको चुरो रेशम चौधरीलाई राज्यले क्षमा दिएर छुटाउनेमा केन्द्रित देखिन्छ । पाँच वर्षअघि कैलालीको टिकापुरमा योजनाबद्ध ढंगले गरिएको नरसंहारमा निर्दोष जनतासहित प्रहरीका एसएसपीलाई समेत हृदयविदारक ढंगले मारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)