एमएस बिलेटमा लाग्दै आएको अन्तःशुल्क हटाउन उद्योगीको माग
abhiyandaily.com
विराटनगर । सरकारले तयारी वस्तुमा लगाउँदै आएको अन्तःशुल्क एमएस बिलेटको कच्चापदार्थमै लगाएर दुनियाँमा कहीँ नभएको काम गरेको उद्योगीहरूले बताएका छन् । सरकारले चुरोट, रक्सीको बट्टा र बोतलमा अन्तःशुल्कको स्टिकर टाँस्ने गरेको प्रसंग उठाउँदै उनीहरूले एमएस बिलेट आयात गर्दा भने भन्सारमै लगाइदिएको सरकार ‘कसैबाट बढी प्रभावित’ देखिएको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयकमा एमएस बिलेटमा अन्तःशुल्क थप गरिएको छ भने स्पन्ज आइरन र स्क्र्यापमा भन्सार शुल्क तथा अन्तःशुल्क शून्यमा झारिएको छ । स्पन्ज आइरन र स्क्र्याप ल्याएर विद्युतीय भट्टीमा पगालेर टीमएटी डण्डी उत्पादन गर्दै आएका ८ ओटा स्टिल उद्योगले नयाँ व्यवस्थाको स्वागत गरेका छन् भने एमएस बिलेट ल्याएर उत्पादन गर्दै आएका २२ उद्योगले विरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)