मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

माथिल्लो तामाकोसीको जलाशयमा पानी भर्न सुरु

rajdhanidaily.com · Mon Apr 26 00:09:52 GMT 2021

काठमाडौं । निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बुधबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । शनिबारदेखि आयोजनाको जलाशयमा पानी भर्ने काम सुरु भएसँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भने, ‘शनिबारदेखि आयोजनाको जलाशयमा पानी भर्ने काम सुरु भएको छ । यो मंगलबारसम्म जारी रहन्छ, र मंगलबार बालुवा थिगार्ने पोखरीमा पानी जम्मा गर्छ र बुधबारदेखि आयोजनाको मुख्य सुरुङमा पानी पठाउन सुरु गर्नेछांै ।’ मुख्य सुरुङमा पानी भरिन केही समय लाग्ने हुँदा पानी पठाउन सुरु गरेको दुई साता अर्थात् यो महिनाको अन्त्यतिर विद्युत् उत्पादन सुरु हुने प्रवक्ता न्यौपानेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)