मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन्धाराको पाइप भाँचिएपछि विवाद

ekantipur.com · Tue Dec 13 01:06:45 GMT 2022

काठमाडौँ — सुन्धारामा पानी झर्ने परम्परागत पाइप भाँचिएपछि धरहरा पुनर्निर्माणमा विवाद भएको छ । धरहराका नयाँ संरचना बनाउने क्रममा सुन्धाराछेउमा डोजरले खन्दा काठको पुरानो पाइप भाँचिएको थियो । स्थानीयवासीले ऐतिहासिक ठाउँमा नयाँ संरचना बनाउँदा ध्यान दिनुपर्छ भनेर खबरदारी गरेका थिए ।

तर, निर्माण कम्पनीले बेवास्ता गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । विरोधपछि खन्ने काम रोकिएको छ । ‘हामीले यहाँ संरचना बनाउन हुँदैन भनेका थियौं,’ स्थानीयवासी गौतम डंगोलले भने, ‘तर मेयरसँग कुरा भइसकेको छ भनेर जबर्जस्ती गरियो । हामीले दुई महिनादेखि भनिआएका हौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)