मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चालक भएर बिर्सेको नियम स्वयंसेवक ट्राफिक हुँदा छर्लङ्गै

Ujyaaloonline.com · Sun Jun 02 23:29:00 UTC 2024

साइकलसमेत नभएर लखरलखर सडक छेउमा हिँड्दा लाग्थ्यो, ट्राफिक नियम मान्ने मै मात्र हो । बाँकी सबैले नियम उल्लङ्घन गर्छन् । बटुवालाई साइकलदेखि कार चलाउनेसम्म सबैले हेप्छन् । मान्छे नै गन्दैनन् । पछाडिबाट टिर्रटिर्र घण्टी र ट्याँट्याँ टुँटुँ हर्न बजाउँदै लखेट्न खोज्छन् । ठसठसी कन्दै पाइडल मारेर पछाडिबाट उछिनेर अगाडि पुगेपछि साइकलवालासमेत देखिस् भन्ने पाराले मुन्टो फर्काएर ङिच्च दाँत देखाउँछ । साइकलवालाको त यस्तो फूर्ति छ भने मोटरसाइकल र कारवालाले हेप्ने नै भए ।

चारैतिरबाट पेलिएपछि शान बढाउन भनेर एउटा पुरानो साइकल किनेँ, पुछपाछ पारेँ, अनि म पनि सडकमा पाइडल मार्न थालेँ । साइकल पेल्न थालेपछि लाग्यो, सडकमा लखरलखर हिँड्ने बटुवाले पो सबैभन्दा बढी नियम उल्लङ्घन गर्छन् । अनि मोटरसाइकल र गाडीवालाले साइकल चढ्नेलाई हेप्छन् । मलाई लाग्यो नियम पालना गर्ने चाहिँ साइकलवाला मात्रै, त्यसमध्ये पनि म एक्लो मात्रै !

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)