मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तर्राष्ट्रिय सम्मेलनमा नवप्रभात डेरी उद्योग सम्मानित, ‘उत्कृष्ट कृषि उद्योग पुरस्कार’ प्रदान

ajakoartha.com · Thu Jun 11 04:11:00 GMT 2026

काठमाडौं- भारतको सोसाइटी फर कम्युनिटी मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट ( Society for Community Mobilization for Sustainable Development ) तथा नेपालको नेपाल फार्मर्स एड्भाइजरी काउन्सिल (NFAC) को संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नवप्रभात डेरी उद्योगलाई ‘Best Agro-Industry Award (उत्कृष्ट कृषि उद्योग पुरस्कार)’ प्रदान गरिएको छ।

“महिला तथा युवामार्फत कृषि व्यवसाय पारिस्थितिक प्रणालीको रूपान्तरण” भन्ने मूल विषयमा आयोजित उक्त सम्मेलनमा एशियाका विभिन्न मुलुकका कृषि विज्ञ, सरकारी प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनका क्रममा कृषि, उद्योग तथा व्यवसायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न देशका विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। नेपालको तर्फबाट भने ललितपुरको पाटन औद्योगिक क्षेत्रमा अवस्थित नव प्रभात डेरी उद्योगलाई उत्कृष्ट कृषि उद्योगका रूपमा सम्मानित भएको हो। उक्त पुरस्कार डेरी उद्योगका तर्फबाट प्रल्हाद दाहालले ग्रहण गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय