मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

barnanmedia.com · Tue May 06 21:48:54 GMT 2025

काठमाडौँ, २३ वैशाखः बागलङको निसीखोला गाउँपालिका–२ उपल्लोबेङ्ग्री गाउँमा पहिलो पटक मोटरेबल सडकको पहुँच पुगेको छ । भौगोलिक विकटताका कारण ट्रयाक खोल्न सुरु गरेको सात वर्षपछि उपल्लो बेङ्ग्री सडकले जोडिएको हो ।

विसं २०७५ मा उक्त गाउँलाई सडकले जोड्नका लागि ट्रयाक खोल्न सुरु गरिएको थियो । वैशाख २१ गते गाउँमा सडक पुगेपछि स्थानीयव हर्षित भएका छन् । स्थानीयले यातायात र सामान ढुवानी गर्दा सास्ती खेप्दै आएका थिए । निसीखोला गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरी ट्रयाक खोल्न सुरु गरेको थियो । रु ९१ लाख खर्च गरेर यसवर्ष उपल्लोबेङ्ग्री सडक विस्तार भएको वडा नम्बर २ का अध्यक्ष कुविर विकले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)