इंग्ल्यान्डलाई हराएर भारतलाई सिरिजमा अग्रता
ekantipur.com · Tue Aug 17 01:18:42 GMT 2021
लन्डन — भारतीय पेसम्यानहरू ब्याट र बल दुवैबाट चम्केपछि विराट कोहलीको टिमले इंग्ल्यान्डलाई सोमबार दोस्रो टेस्टको अन्तिम दिन १ सय ५१ रनले पराजित गरेको छ । यससँगै भारतले पाँच टेस्टको सिरिजमा १–० को अग्रता पनि लिएको छ । ‘होम अफ क्रिकेट’ लर्ड्समा भारतको यो अहिलेसम्मकै तेस्रो जित मात्र हो ।
वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा टुंगेको थियो । दोस्रो दिनको अन्तिम ६० ओभरमा इंग्ल्यान्डले जितका लागि २ सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पाएकोमा पूरा टिम १ सय २० रन मात्र बनाएर अलआउट भयो । निकै खराब सुरुआत लिएको इंग्ल्यान्डले एक रन बनाउँदासम्म दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)