मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

barnanmedia.com · Tue May 06 21:58:31 GMT 2025

काठमाडौँ, २४ वैशाखः मानवसेवा आश्रमको सहकार्यमा मङ्गलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा भएको जनाइएको छ । यस वर्षभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

प्रदेश सरकारका मन्त्री, तिलोत्तमा नगरपालिकाका प्रमुख, जनप्रतिनिधि, विभिन्न राजीैतिक दलका प्रतिनिधि र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएको हो । घोषणासँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)