दुई वर्षपछि आजबाट भौतिक रूपमा एसइई
nayapatrikadaily.com · Fri Apr 22 00:20:00 GMT 2022
तयारीमा दृष्टिविहीन छात्रा
शुक्रबारदेखि सुरु हुने एसइई परीक्षाको तयारी गर्दै दृष्टिविहीन छात्रा स्नेहा लामा बम्जन (सेतो टिसर्ट लगाउने) र रूपा तामाङ । उनीहरूसँगै लगनखेलस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयबाट तीनजना दृष्टिविहीन विद्यार्थीले एसइई दिँदै छन् । अहिले पनि उनीहरूजस्ता विद्यार्थीका लागि ब्रेललिपिमा सबै पाठ्यपुस्तक तथा प्रश्नपत्रको व्यवस्था छैन । जसकारण दृष्टिविहीन विद्यार्थीले सहज ढंगले पाठनपाठन गर्न र परीक्षा दिन पनि सास्ती व्यहोर्नुपर्छ । दृष्टिविहीन विद्यार्थीले परीक्षामा तल्लो कक्षाका विद्यार्थीलाई लेखन सहयोगीका रूपमा राख्न पाउँछन् । तर, ती सहयोगीले प्रश्न बुझाउन सक्छन् कि सक्दैनन् भन्ने चिन्ता पनि परीक्षार्थीमा छ । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)