वर्षाका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध
baahrakhari.com · Fri Aug 14 17:20:00 UTC 2020
काठमाडौं । वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी–जोमसोम–कोरेला सडक, साँफेबगर–मार्तडी सडकलगायत सडक अवरुद्ध छन् । सडक विभागले बाढी र पहिराका कारण अवरुद्ध कतिपय सडक खुलाइरहे पनि कतिपय स्थानमा अघिल्लो महिनादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन ।
साँफेबगर–मार्तडी सडक बाजुराको अम्कोट द्वारीखण्डमा आइतबारदेखि अवरुद्ध छ । बूढीगङ्गा नदीको बहाबले झण्डै पाँच सय मिटर सडक क्षतिग्रस्त अवस्थामा रहेको डिभिजन कार्यालयले जनाएको छ । सो सडकका कतिपय खण्ड असारदेखि अवरुद्ध रहेकामा अझै खुल्न सकेको छैन । कतिपय खण्ड यस साताको वर्षाका कारण अवरुद्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)