बालबालिकाको राष्ट्रिय नीति निर्माणमा नागरिक सुझाव संकलन
baahrakhari.com · Wed Feb 24 17:16:00 UTC 2021
काठमाडौं । बालबालिकासम्बन्धी १० वर्षे राष्ट्रिय नीतिका लागि नागरिक सुझाव संकलन कार्यशाला भएको छ । बालबालिकासम्बन्धी विभिन्न मुद्दा बालश्रम, बालबालिका बेचबिखन, बालबिबाहलगायत विषय समेटेर एकीकृत रुपमा सुझाव संकलन गरिएको छ । बालबालिकासम्बन्धी नीतिका लागि नागरिक सुझाव संकलन गरी सम्बन्धित निकाय र मन्त्रालयमा बुझाउने उद्देश्यसहित सुझाव संकलन गरिएको हो ।
बाल हिंसाविरुद्ध क्रियाशील राष्ट्रिय कार्य समन्वय समूहको मुख्य आयोजनामा कार्यशालामा समूहको १७ वटा सदस्य सन्जालहरूका प्रतिनिधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय बालअधिकार परिषद्का प्रतिनिधिलगायत व्यक्तित्वहरूको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)