मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र

ratopati.com · Tue May 06 23:12:00 GMT 2025

बरहथवा । सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुन्डिएको छ वर्ष भयो । उपचार कक्षमा एउटा आइसीयु र एक थान भेन्टिलेटर छ । तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्सक छैनन् । उपचार केन्द्रले विगत छ वर्षदेखि दक्ष चिकित्सक भर्ना गर्न पटक–पटक सूचना आह्वान गर्दा कोही चिकित्सक भर्ना हुन आएका छैनन् ।

विज्ञापन गर्दा कहिले आवेदन नपर्ने, कहिले छनोट भएका चिकित्सक नियुक्ति लिनै नआउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए। । सर्पको बिगबिगी हुने महिनामा केन्द्रमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । सर्पले डसेर आएकामध्ये जटिल प्रकृतिका बिमारीलाई तत्काल आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)