कार्म, मेनुका र परीक्षालाई लिएर फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा
nepalkhabar.com · Wed Oct 29 07:05:56 GMT 2025

फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा भएको छ। काठमाडौँस्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गर्दै ‘हिमालयन गोल्ड’ निर्माण घोषणा गरिएको हो। छायाँलय फिल्म्सले ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बनाउन लागेकाे फिल्मको छायांकन नोभेम्बरदेखि सुरु हुनेछ।
फिल्म हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित हुनेछ। यस फिल्ममा परिक्षा लिम्बु, कार्म, सुनील थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया लगायतको अभिनय रहने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)