दयाहाङ, विजय र समृद्धि अभिनीत ‘वरिष्ठ बलराम’ले कति कमायो?
nepalkhabar.com · Wed Oct 29 07:11:12 GMT 2025

भाइटीकाको दिनबाट प्रदर्शनमा आएकाे फिल्म ‘वरिष्ठ बलराम’ले हालसम्म दुई करोड रुपैयाँ कमाइ गरेको छ। यस फिल्मले पाँच दिनमा दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रस कलेक्सन गरेको निर्माता आशिष एच तामाङको दाबी छ। ‘हालसम्म हाम्रो चलचित्रले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ। अहिले पनि उच्च अकुपेन्सीमा हाम्रो चलचित्र चलिरहेको छ,’ तामाङले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)