‘गोजीमा दाम छैन’ लाई युट्युवमा १० करोड भ्युज
nepalkhabar.com · Wed Oct 29 07:07:06 GMT 2025

फिल्म ‘चंगा चेट’ मा समावेश चर्चित गीत ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरिएको छ। सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले आज १० करोड भ्युज पाएको हो।
माधव वाग्लेले निर्माण गरेको चलचित्र ‘चंगा चेट’ को यस गीतमा संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको छ। हरिहर तिमल्सिनाको शब्द रहेको गीतमा शिवाकोटीसहित मेलिना राई र गृष्मा शिवाकोटीको स्वर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)